टाट पल्टिएपछि भारतको सरकारी एयरलाइन्स टाटा समूहले लियो - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

टाट पल्टिएपछि भारतको सरकारी एयरलाइन्स टाटा समूहले लियो



काठमाडौं – भारतको सरकारी हवाइ सेवा एयर इन्डिया टाटा समूहको स्वामित्वमा जाने निश्चित भएको छ। एयर इन्डियाको बिक्री प्रक्रियामा टाटा सन्सले सबैभन्दा बढी बोली लगाएको छ।

एयर इन्डियाका लागि टाटा ग्रुप तथा स्पाइसजेटका अजय सिंहले बोली लगाएका थिए। भारत सरकारले एयर इन्डियाको स्वामित्व बेच्न खोजेको यो दोस्रो पटक हो। यसअघि सरकारले सन् २०१८ मा एयर इन्डियाको ७६ प्रतिशत हिस्सा बेच्न खोजेको थियो तर, कसैले पनि खरिद गर्न मानेको थिएन।

भारत सरकारले यसै आर्थिक वर्षमा एयर इन्डियालाई निजीकरण गर्ने बताएको थियो। यस्तै ग्राउण्ड ह्याण्डलिङ कम्पनी एआइएसएटिएस को पनि ५० प्रतिशत हिस्सा भारत सरकारले बेच्ने जनाएको छ।