भारतको नागरिकता विधेयकमा तसलीमाको फरक मत - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

भारतको नागरिकता विधेयकमा तसलीमाको फरक मत



बीबीसी- बंगलादेशकी निर्वासित लेखिका तसलीमा नसरीनले भारतमा बनाइएको नागरिकता संशोधन कानुन छिमेकी देशमा अत्याचार गरिएकाहरुका लागि राम्रो भएको बताएकी छन् ।

उनले गैर मुश्लिम बाहेक कानुनमा नास्तिक, उदारवादी, धर्मनिरपेक्ष र सुधारवादी मुसलमानलाई पनि सामेल गर्नुपर्ने जनाउँदै कट्टरपन्थीहरुको चपेटामा मुसलमान पनि परेको जनाएकी छन् ।

नागरिकता संशोधन कानुनलाई लिएर भारतीय मुसलमानका तर्फबाट चिन्ता जनाउनु बेइमानी भएको बताउँदै तसलीमाले मुसलमान समुदायले भारतका अन्य धार्मिक समुदायको जस्तै युनिफर्म सिविल कोड स्वीकार गर्नुपर्ने जनाइन् ।

सन् १९९२ मा बाबरी मश्जिद ढलेपछि बंगलादेशमा पनि हिन्दु विरोधी दंगा भएको थियो । तसलीमाको चर्चित उपन्यास ‘लज्जा’ सोही पृष्ठभूमिमा आधारित रहेको थियो । जसमा हिन्दु समुदायको अवस्थाको बारेमा चर्चा गरिएको छ ।

उनी कट्टरपन्थीले धम्क्याएपछि सन् १९९४देखि नै बंगलादेश बाहिर रहेकी छन् । उनी स्वीडेनको नागरिक भएकी छन् र अहिले भारतको भिसामा केही वर्षदेखि बस्दै आएकी छन् ।