तरूण दल उत्तर भारतद्वारा सांस्कृतिक कार्यक्रम सहित दशैंको शुभकामना आदन-प्रदान - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

तरूण दल उत्तर भारतद्वारा सांस्कृतिक कार्यक्रम सहित दशैंको शुभकामना आदन-प्रदान



इन्द्रकमल जैरु /नयाँ दिल्ली 

नेपालीहरुको महान चाड दशैं नजिकिदै जाँदा नेपाली काँग्रेसको भातृ संगठन तरुण दल उत्तर भारत समितिले दशैं विशेष शुभकामना एवं सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

भारतको राजधानी दिल्लीको आईटीओमा गरिएको कार्यक्रमको अध्यक्षता लक्ष्मण प्रसाद पाण्डेले गर्नु भएको थियो । नेपाली जनर्सम्पक समिति भारतका अध्यक्ष एवं नेपाली काँग्रेसका केन्द्रीय आमन्त्रीत सदस्य बालकृष्ण पाण्डे प्रमुख अतिथि रहनु भएको कार्यक्रममा एन आर एन अमेरिकाका स्वास्थ्य संयोजक बन्धु पोखरेल, नेकपाको भातृ संघठन प्रवासी नेपाली संघका लोकनाथ भण्डारी र नेजस उत्तर भारतका अध्यक्ष कृष्ण पाण्डे विशेष अतिथिका रुपमा उपस्थित रहनु भएको थियो ।

गोरख विष्टले सञ्चालन गरेको कर्यक्रममा नेजस उत्तर भारत महसचिव रुद्र मल्ल, नेपाली काँग्रेस बाजुरा दिल्ली र्सम्पक मञ्चका अध्यक्ष रतन शाही, तरुण दल भारतका महसचिव नागेन्द्र प्रसाद जोशी, नेवि संघ भारतका अध्यक्ष अम्बिका प्रसाद जोशी, नेविसंघ दिल्लीका अध्यक्ष सागर शाही, जनक गिरी, बाबु रोका मगर, गोपाल थापा लगायत अतिथीका रुपमा उपस्थित रहनु भएको थियो । समारोहम बोल्ने वक्ताहरुले आउदै गरेको दशैंको शुभकामना दिएका थिए ।

समारोहमा दिल्लीका स्थानिय कलाकारहरु आरुषी जीसी, सृष्टि अधिकारी, निशा श्रेष्ठ, गिता घर्ती मगर, गायत्री ढेंगा मगर, सुरज बिसि राजन जिसि, कमल नेपालीलगायतले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।