बिजुलीको तारमै बसेका पुरुषका कारण प्राधिकरणलाई ६० लाख घाटा - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

बिजुलीको तारमै बसेका पुरुषका कारण प्राधिकरणलाई ६० लाख घाटा



नुवाकोटको ककनी स्थित विद्युतको हाइटेन्सन लाइनमा एक व्यक्ति चढेर झर्नै नमानेपछि जलविद्युत आयोजना नै बन्द गर्नु परेको छ । एक व्यक्तिको सनकको कारण विद्युत प्राधिकरणलाई ठूलो क्षती भएको छ । ६ घण्टादेखि बिजुलीको तारमै बसेका ति पुरुष झर्नै मानेका छैनन् ।

यिनै पुरुषका कारण नेपाल विद्युत प्राधिकरणले ६० लाख रुपैयाँ घाटा बेहोर्नुपरेको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले ६ घण्टा विद्युत उत्पादन बन्द गर्दा करिब ६० लाख बराबर घाटा भएको बताएका छन् ।

ति व्यक्तिलाई तल झार्न दिनभर प्रयास गर्दा पनि मानेका छैनन् । अहिले उनलाई हेलिकप्टरको प्रयोग गरेर झार्न खोजिएको छ । विद्युत उत्पादन बन्द गर्नुपर्दा घण्टामा १० देखि १२ लाख रुपैयाँ बराबर घाटा हुने घिसिङले बताएका छन् ।

एक व्यक्तिको सनकको कारण ७० मेगावाट विद्युत उत्पादन बन्द गरिएको छ । प्रहरीले पनि तल झार्न प्रयास गरिहेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक शनिवार बिहानदेखि २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन् ।

बिहान ९ बजे प्रशारण लाइनको टावरबाट सबैभन्दा माथिल्लो लाइनमा पुगेका उनलाई अपराह्न साढे ५ बजेसम्म उद्धारको प्रयास सफल हुन सकेको छैन । बिहान ११ बजेदेखि विद्युत उत्पादन बन्द गरिएको घिसिङले बताए । तलबाट बोलाउँदा नमानेपछि उनको उद्धारका लागि प्राधिकरणले प्रमुख जिल्ला अधिकारी र सेनालाई गुहारेको छ ।