महिलाले तरकारीमा बिष हालेर परिवारलाई खुवाएपछि…
बीरगञ्ज । बीरगञ्जमा एउटा सुन्दै अनौठो लाग्ने घटना घटेको छ । घरयासी झगडा हुँदा एक महिलाले तरकारीमा बिष हालेरआफू सहित परिवारका सदस्यलाई खुवाइन् । उक्त बिसले उनै महिलाको ज्यान लियो ।
मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२४ बहुअरीका जगदीशप्रसाद कुर्मीकी कान्छी श्रीमती ३२ वर्षिया राधिकादेवी कुर्मी रहेकी छन् ।
सोमबार बिहानको खाना पकाउने विषयमा र सौतेनी छोरी मनिषासँग उनको झगडा हुँदा उनले आक्रोशमा गहुँबालीमा छर्ने बिषादी तरकारीमा हालेर पकाएकी थिइन् ।
बिस हालेको तरकारी खादा उनका नाबालक छोरासहित ३ सौतेनी छोरा र १ छोरी गरी ५ जना सिकिस्त बिरामी भएका छन् ।
गम्भीर बिरामी भएका राधिकासहित परिवारका ६ जनालाई उपचारका लागि गएराति नै वीरगन्जको तराई अस्पतालमा पुर्याइए पनि उनको उपचारका क्रममा नै निधन भएको हो ।
अन्यको वीरगन्जको नेशनल मेडिकल कलेजमा भइरहेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।