तरकारीमा बबण्डर : बल्खु र कालिमाटीका होलसेलमै बिजोग - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

तरकारीमा बबण्डर : बल्खु र कालिमाटीका होलसेलमै बिजोग



काठमाडौँ — बल्खु र कालीमाटी तरकारी बजारमा शुक्रबार बिहान अनुगमन गरिएकाे छ । हाेलसेल बजारभित्रै बढी मूल्यमा बेच्ने बल्खुस्थित तरकारी बजारका ८ व्यापारीलाई कारवाही गरिएको छ ।

शुक्रबार बिहान अनुगमनमा गएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले बल्खु तरकारी बजारका ८ व्यापारीलाई ५ देखि २० हजारसम्म जरिवाना गरेको हो।

एक व्यापारीले लिएको तरकारी भित्रकै अर्को पसलमा बेच्दा ४०–५० रुपैंया नाफा राखेर बेचेको पाइए पछि कारवाही गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शोभाकर रेग्मीले बताए।

अनुगमनस्थलमै होलसेल व्यापारीलाई कारवाही गरेको यो पहिलो पटक हो।

यसैगरी कालीमाटीस्थित तरकारी बजारमा पनि अनुगमन भइरहेको छ। विभागका शाखा अधिकृत दिपक पोखरेलको संयोजकत्वमा रहेको टोलीले अहिलेसम्म ७ वटा पसललाई कारवाही गरेको छ। कालीमाटीमा अनुगमन जारी छ।