सम्पर्कविहीन भएको ताराको जहाज अर्को हेलिकोप्टर पठाइयो - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

सम्पर्कविहीन भएको ताराको जहाज अर्को हेलिकोप्टर पठाइयो



काठमाडौं- सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न फिस्टेल एयरको हेलिकोप्टर पठाइएको छ ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार सम्पर्कमा नरहेको जहाज खोज्नका लागि फिस्टेल एयरको हेलिकोप्टर प्रयोग गरिएको छ ।

उनले तारा ९एन एईटी कल साइन भएको जहाज सम्पर्कमा नरहेको बताएका हुन् ।पोखराबाट १९ यात्रु बोकेर जोमसोम उडेको तारा एयरको जहाज आधाघण्टादेखि सम्पर्कविहीन भएको छ ।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार जहाज पोखरा विमानस्थलबाट ९:५५ मा उडेको थियो भने अवतरण समय १०:१५ मा थियो ।

१०:३५ सम्म जहाज घोडेपानी भन्ने स्थानसम्म सम्पर्कमा रहेको प्रहरी स्रोतले जानकारी दियो ।