तराईमा अत्यधिक वर्षा हुने, सतर्क रहन आग्रह - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

तराईमा अत्यधिक वर्षा हुने, सतर्क रहन आग्रह



काठमाडौं- अहिले पूर्वी तराईमा अत्यधिक वर्षा भैरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो । थप वर्षा हुनसक्ने आकलन गरिएको छ ।

ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ । होचा स्थान र साना नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरिएको छ ।