यी हुन् बेपत्ता भएको जहाजमा भएका १९ यात्रु - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

यी हुन् बेपत्ता भएको जहाजमा भएका १९ यात्रु



पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज बेपत्ता भएको छ । आइतवार बिहान उडेको उक्त जहाजमा चालक दलका सदस्यसहित १९ यात्रु रहेको खुलेको छ।

बिहान ९ बजेर ५५ मिनेटमा उठेको नाइन एन एईटी कलसाइनको उक्त जहाजमा १३ जना नेपाली, ४ जना भारतीय र थप दुईजना अन्य मुलुकका यात्रु रहेको यति एयरलाइन्सले जानकारी दिएको छ।

उक्त जहाज क्याप्टेन प्रभाकर प्रसाद घिमिरेको नेतृत्वमा जोमसोम गएको थियो। जहाजमा चालक दलका अन्य सदस्यमा उत्सव पोखरेल र एयर होस्टेस्ट कृष्मि थापा थिइन्।

थप विवरण आउन बाँकी