हराएको तारा एयरको जहाज दुर्घटना भएको आशंका - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

हराएको तारा एयरको जहाज दुर्घटना भएको आशंका



काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ ।

१९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । एक घण्टासम्म पनि जहाज सम्पर्कमा नआएपछि दुर्घटनाको आशंका गरिएको छ ।

जहाजमा १९ यात्रु भएको बताइए पनि को सवार थिए भन्नेबारे केही खुलेको छैन

तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।