बिजुलीको तार सर्ट भई घरमा आगलागी हुँदा चार लाख बराबरको क्षति - Himal Post Himal Post
  • २३ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 7 2025
Logo

बिजुलीको तार सर्ट भई घरमा आगलागी हुँदा चार लाख बराबरको क्षति



कैैैलाली । जिल्लाको गौरीगङ्गा नगरपालिका-११ मा बिजुलीको तार सर्ट भएर घर गोठ जलेको छ । आज दिउसो करीब ३:३० बजे तिर कान्तीपुर टोलका भाने दमाईको घरमा बिजुलीको तार सर्ट भई आगलागी हुदा नजिकै रहेको गोठ समेत जलेको स्थानीय प्रेम चौधरीले जानकारी दिएका छन् ।

आगलागीबाट ४ बोरा गहु ,५ बोरा धान करिब दस हजार नगद ,लत्ता कपडा सहित घर पुर्ण रूपमा जलेर नष्ट हुदा करीब ४ लाख बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय मसुरीयाले जनाएको छ । अागो स्थानीय बासीन्दा र ईलाका प्रहरी कार्यालय मसुरीयाको टोलीले २ घण्टा पछि नियन्त्रणमा लिएका थिए ।