तनुश्रीले अमिताभ बच्चनलाई ‘पाखण्डी’ भनेपछि… - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

तनुश्रीले अमिताभ बच्चनलाई ‘पाखण्डी’ भनेपछि…



एजेन्सी – बलिउडका अत्यन्तै चर्चित कलाकार अमिताभ बच्चनलाई महानायक मानिन्छन् । महानायक अमिताभ बच्चनलाई तनुश्रीले पाखण्डी भनेको खबर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

अभिनेत्री तनुश्री दत्तले हालै एक अन्तरवार्तामा अमिताभको कटु आलोचना गरेकी छन् । उनले कथित महानायकलाई ‘पाखण्डी’को संज्ञा दिइन् । सन्दर्भ उही नाना पाटेकरले तनुश्रीमाथि गरेको यौन दुर्व्यवहारकै हो । यो प्रकरण बाहिर आएपछि धेरै बलिउड सेलिब्रिटीहरुले खुलेर तनुश्रीको समर्थनमा बोलिरहेका छन् ।

यसरी मुख खोल्नेमा प्रियंका चोपडा, कंगना रनावतदेखि फरहान अख्तरसम्म छन् । तर, अमिताभले भने यो विषयमा मौनता साँधिरहेका छन् । हालै एक पत्रकार सम्मेलनमा उनीसँग यो घटनाको विषयमा प्रतिक्रिया मागिएको थियो । तर अमिताभले भनेका थिए, ‘न म तनुश्री दत्त हुँ, न नाना पाटेकर । मलाई किन सोधिरहनु भएको छ ?’ अमिताभको यही गैरजिम्मेवार जवाफले तनुश्रीलाई आक्रोशित तुल्याएको हो ।