तानसेन-तम्घास सडक दिनको ६ घण्टा बन्द - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

तानसेन-तम्घास सडक दिनको ६ घण्टा बन्द



पाल्पा- पाल्पाको तानसेन-तम्घास सडक दैनिक छ घण्टा बन्द हुँदै आएको छ। सोमबारदेखि तानसेन नगरपालिकार रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा गर्न पुस २२ गतेसम्म बन्द हुने सडक कार्यालय पाल्पाले जनाएको छ।

हरेक दिन बिहान ९: ३० देखि दिउँसो ३: ३० बजेसम्म सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको हो। पुस १२ गतेदेखि २२ गतेसम्मका लागि दैनिक छ घण्टाका दरले १० दिनसम्म सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताए।

पहाड कटान गरी माटो र ढुङ्गा सडकमा राख्नुपर्ने भएकाले सडक बन्द गरी काम गर्न थालिएको प्रमुख लम्सालले बताएका छन्। पाल्पाको हार्थोक-रिडी क्षेत्रको जोर्तेमा साँघुरो सडकका कारण दुर्घटना र सडक अवरुद्ध हुँदै आएको थियो।