टंक बुढाथोकी विवादमा : के उनि अर्कै दुनियाँबाट आएका हुन् ? - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

टंक बुढाथोकी विवादमा : के उनि अर्कै दुनियाँबाट आएका हुन् ?



संगीतकार तथा गायक वसन्त सापकोटा र टंक बुढाथोकीबीच विवाद उत्पन्न भएको छ । गायक तथा संगीतकार टंक बुढाथोकीले आफ्नो फेसबुकमा पोस्ट गरेको एक स्ट्याटसको स्क्रिनशटलाई बसन्तले आफ्नो फेसबुक वालमा पोस्ट गर्दै अग्रजलाई सम्मान गर्न सुझाव दिएका छन् ।

खासमा गायिका समीक्षा अधिकारीको विषयलाई लिएर दुई संगीतकारबीच विवाद उत्पन्न भएको हो । टंकले आफ्नो युट्युब च्यानलमा समिक्षाको एक भिडियो अपलोड गरेका छन्, जसमा उनले समीक्षा पहिलो पटक आफूसँग काम गर्न आएको र आफ्नो संगीतमा पहिलो काम गरेको उल्लेख गरेका छन् । यो सँगै उनले समीक्षाले गीत गाए बापत् पारिश्रमिक पाएर खुशी भएको पनि उक्त भिडियोमा उल्लेख गरेका छन् ।

टंकले फेसबुकमा लेखेका छन्, ‘नमस्कार । हजुरहरु धेरैको प्रतिकृया अनुसार समीक्षा अधिकारी नानी स्टुडियो नायन ९९० सम्म आइपुग्नु भएको छ र मेरो सङ्गीतको पहिलो काम गराएकु छु । नानीलाई हेरेर सबैले साथ दिनहुन अनुरोध गर्दछु ।’

टंक बुढाथोकीसँग काम गर्दै समीक्षा, काम गरेको पैसा पाउँदा खुशी टंकको उक्त स्ट्याटसप्रति आपत्ति जनाउँदै संगीतकार वसन्त सापकोटाले अग्रजलाई सम्मान गर्न सिक्न टंकलाई सुझाएका छन् । एक स्ट्याटस लेख्दै सापकोटाले समीक्षाको यसअघि नै नाई नभन्नु ल ५ को गीत बालापनको उमेर बोलको गीत सबैतिर चर्चित भइसकेको बताएका छन् । उनले सबैको मायाले समीक्षा अघि बढिरहेको बेला प्रेरणा देखाउन खोजेको आरोप लागाएका छन् ।

वसन्तले टंकको स्ट्याटसमा आपत्ति जनाउँदै लेखेका छन्, ‘टंक भाइ अग्रजहरुको सम्मान गर्न सीकौं ल, समीक्षाको पहिलो गीत चलचित्र नाई नभन्नु ल ५ को गीत बालपनको ऊमेर सबैतिर चर्चित भइसकेको र सबैको प्रेरणाले नानी अगाडि बढिरहेको अवस्थामा यो काम त सूर्यलाई हत्केलाले छोप्न खोजेजस्तो भएन र र कि भाइ अर्कै दुनियाँबाट आउनु भएको हो । तपाईंको यो लेखाइले तपाईंको उचाइ कम गराउँछ । यसले न समीक्षालाई फरक पर्छ न मलाई फरक पर्छ ।’

फेसबुकमा लेखेको उक्त स्ट्याटसले यतिबेला टंक बुढाथोकी आलोचित भएका छन् । धेरैले टंकको उक्त स्टाटसप्रति नकारात्मक टिप्पणी गरेका छन् ।