टनकपुरमा पनि भारतले कब्जा गर्‍यो ३६ एकड नेपाली भूमि - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

टनकपुरमा पनि भारतले कब्जा गर्‍यो ३६ एकड नेपाली भूमि



महेन्द्रनगर । टनकपुर बाँधको १४.५७ हेक्टर (३६ एकड) नेपाली भूमि भारतीय कब्जामा छ ।

भारतले सन् १९०८ मा विद्युत् उत्पादन गर्न महाकाली नदीमा एकतर्फी बाँध बनाएको थियो ।

सन् १९१० मा बाढीले बाँध बगाएपछि भारत सरकारले राणा सरकारलाई बाँध निर्माण गर्न जग्गा उपलब्ध गराउन पत्र पठायो ।

भारतीय आग्रहपछि राणा सरकारले कञ्चनपुरको ब्रह्मदेवसहित दोधारा–चाँदनीको १२०९ हेक्टर (२९८८ एकड) जग्गा दिएको थियो ।

सीमाबारे जानकार ऋषिराज लुम्साली भन्छन्, ‘भारतमा निर्मित अहिलेको शारदा नहर त्यतिबेला नेपाली भूमिमा थियो ।’

ब्रह्मदेवसहित दोधारा–चाँदनीको सट्टाभर्नाबापतको जग्गा भारतले बर्दियामा दिएको भने पनि टनकपुरमा पाउनुपर्ने १४.५७ हेक्टर फिर्ता नदिएको लुम्साली बताउँछन् । -अन्नपूर्ण पोष्टमा खबर छ