नेता रामकृष्ण ताम्राकार आईसीयुमा - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

नेता रामकृष्ण ताम्राकार आईसीयुमा



काठमाडौं। नेपाली कांग्रेसका नेता रामकृष्ण ताम्राकारको स्वास्थ्य स्थिती गंभिर भए पछि आईसीयुमा भर्ना गरिएको छ।

करिब पाँच दिन अघि ज्वरो आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। ज्वरो नियन्त्रणमा आउन नसकेपछि उनलाई आईसीयुमा भर्ना गरिएको पारिवारिक श्रोतले जनाएको छ।

उनलाई निमोनिया भएकोले आईसीयुमा उपचार भैरहेको छ। यदी स्थिती अझ गंभिर भएमा उनलाई भेन्टिलेटरमा राखिने चिकित्सकहरुले जानकारी दिएको पारिवारले जनाएको छ।

ललितपुरको अल्का अस्पताल एकान्तकुनामा उपचार भैरहेको छ। ताम्राकार बिगत दुई बर्षदेखि क्यान्सरसँग लडिरहेका छन्।

ताम्राकार बिस. २०४८ र ५६मा रुपन्देही-२ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका थिए। उनले स्वास्थ्य मन्त्रालय र उद्योग, बाणिज्य मन्त्रालय सम्हालेका थिए।