भाजपालाई शून्य सिट दिने तमिलनाडुको रहस्य के हो ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भाजपालाई शून्य सिट दिने तमिलनाडुको रहस्य के हो ?



२०१९ को लोकसभा चुनावमा पनि तमिनाडुमा लगभग सन् २०१४ को लोकसभा चुनावको मतपरिणाम दोहोरियो। अर्थात् भाजपाको कुनै प्रभाव देखिएन।

भारतका बाँकी भागमा भाजपाको लहर उर्लिँदा तमिलनाडुमा भने एक सिट पनि जित्‍न सकेन। चुनावको परिणामसँगै तमिलनाडुमा जरो गाड्ने भाजपाको सपना पुनः एक पटक चकनाचूर भएको छ।

सन् २०१४ मा एआईएडीएमकेले पक्षमा जनलहर चुलिँदा भाजपाले जम्मा एक सिट जितेको थियो २०१९ मा डिएमके नेतृत्वको मोर्चाले भाजपालाई एक सिट जित्‍न दिएन।

सन् २०१४ को लोकसभा चुनावमा एआईएडीएमकेले ३७ सिट, पीएमकेले १ सिट, र भाजपाले १ सिट जितेको थियो। २०१९ मा डीएमकेको नेतृत्वमा रहेको मोर्चाले ३७ सिट जितेको छ र एआईए–डीएमके जम्मा १ सिटमा खुम्चिन पुगेको छ। भेलोरको एक सिटमा चुनाव हुन बाँकी छ, तर त्यसमा भाजपाको दाबी लगभग नभए बराबर छ।

चुनावअघि तमिलनाडुमा मोदीविरुद्ध जनलहर छ भन्ने जुन धारणा थियो त्यो वास्तविकतामा परिवर्तन भएको सङ्केत यस मतपरिणामले गरेको छ। मतपरिणाम घोषणा हुनु केही घण्टा पनि तमिल ट्वीटर प्रयोगकर्तामाझ ‘ह्यासट्याग गोब्याक मोदी’ ट्रेन्डमा थियो। परिणामले त्यो मानसिकता सामाजिक सञ्जालबाट यथार्थमै परिणत भएको छ।

भारतको बाँकी सबै ठाँउमा भाजपाका उम्मेद्वारले जितेका छन्। हार्दा पनि थोरै मतान्तरमा हारेको देखिन्छ। तर तमिलनाडुमा भने अन्त सम्भव नभएको कुरा देखियो।

यस चुनावमा भाजपाले तमिल मतदातालाई प्रभावित पार्न कुनै कसर बाँकी राखेको थिएन। फेब्रुअरीदेखि अप्रिलबीच मोदीले चार पटक तमिलनाडु प्रदेशको भ्रमण गरे। यत्रो प्रयास गर्दा पनि  भाजपाले सन् २०१४ मा कन्याकुमारीबाट जितेका सांसद ‘पोन राधाकृष्णनन्’लाई पनि विजयी बनाउन सकेन।

भाजपाका पाँचै जना उम्मेद्वारले लाखभन्दा बढीको मतान्तरले हारेका छन्। भाजपाको यस्तो हार भारतभिरमा तमिलनाडुमामात्र सम्भव देखियो।

कोइम्बोटोरमा सीपीएमका उम्मेद्वार पी.आर.नटराजनले भाजपाका सी.पी. राधाकृष्णनन्‌लाई १,७०,००० मतान्तरले  जिते।

रमनाथपुरामा, आईयुएमएलका नेता के.नभस्कानीले भाजपाका नैनर नगेन्द्रनलाई त्यस्तै लाखभन्दा बढी मतान्तरले हराएका छन्।

भारतका बाँकी सबै ठाउँमा भाजपाका उम्मेद्वारले जितेका छन्। हार्दा पनि थोरै मतान्तरले हारेको देखिन्छ। तर तमिलनाडुमा भने अर्कै दृश्य देखियो।

‘गेम चेन्जर’ परिणाम

तमिलनाडुको सन् २०१९ को चुनाव धेरै अर्थमा ‘गेम चेन्जर’ थियो। पहिलो पटक प्रदेशका दुई ठूला व्यक्तित्व भएका नेता डीएमकेका एम.करुणानीथि र एआईए–डीएमकेका जयललिता चुनावमा सहभागी थिएनन्।

यस चुनावमा राजनीतिक शक्तिबीचको गठबन्धनमा पनि उलेख्य परिवर्तन देखिएको थियो।

सन् २०१४ मा एआईएडीएमके एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो भने डीएमकेले एउटा गठबन्धनको नेतृत्व गरेर चुनावमा सहभागी भएको थियो।

त्यो बेला गठबन्धनमा दलित र मुसलमानको वकालत गर्ने पार्टीहरू थिए। भाजपा केही साना क्षेत्रीय दलसँग गठबन्धन गरेर चुनावमा होमिएको थियो भने काङ्ग्रेसले एक्लै चुनाव लडेको थियो।

यो पटक भने एआईएडीएमके र भाजपा एउकै गठबन्धनमा थिए भने काङ्ग्रेस र कम्युनिस्ट डीएमकेको नेतृत्वमा रहेको गठबन्धनबाट चुनावमा सहभागी थिए।

एआईएडीएमकेले नवगठित गठबन्धनले तिनलाई सहयोग पुऱ्याउने आशा गरेका थिए। तर मत परिणाम भने तिनको आशा विपरीत आएको छ।

सन् २०१९ को चुनावमा तमिलनाडुमा जुन मतपरिणाम आएको छ, त्यसको लागि धेरै तत्त्वले भूमिका खेलेका छन्।

‘द्रविडियन’ वैभवको इतिहास

तमिलनाडुमा विगतदेखिनै द्रविडियन वैभवप्रतिको गौरव देखिन्छ। सन् १९९९ मा भाजपासँग गठबन्धन बनाउँदा डीएमकेले पटकपटक गठबन्धनलाई द्रविडियन आदर्शबाट टाढिएको रूपमा नहेर्न स्पोष्टोक्ति दिनुपरेको थियो।

त्यस्तै द्रविडियन गौरवलाई त्यति धेरै पुनरोक्ति नगरे पनि जयललिताको नेतृत्वमा रहेका एआईएडीएमकेले तलिमनाडुमा अभ्यास गरेको बलियो किसिमको सङ्घीयतामा धेरैले द्रविडियन वैभवको प्रभावकै झल्को पाउथें।

जयललिताको मृत्युपछि एआईएडीएमकेले भाजपासँग गठबन्धन गऱ्यो। त्यही गठबन्धन उसको अधोगतिको कारक बनेजस्तो देखिन्छ।

जन–प्रतिरोधको प्रभाव

पछिल्ला केही वर्ष प्रदेशमा कैयन ठूला प्रतिरोध आन्दोलनहरू देखिए। जन–विरोधी ठानिएका परियोजनाविरुद्ध स्वःस्फूर्त रूपमा भएका प्रतिरोधको नेतृत्व स्थानीय नेताले गरेको देखिएको थियो।

कुदनकुलम आणविक संयन्त्र, काबेरी डेल्टामा जलविद्युत् आयोजना र नीट चिकित्सा परिक्षा प्रणाली लागू गर्न खोज्दा ठूल्ठूला प्रर्दशन भएका थिए। यी सबै प्रदर्शनको तारो बनेको थियो भाजपा। ती परियोजनामा लागू गर्ने वा विस्तार गर्ने निर्णयमा भाजपाको संलग्नता थियो। मानिसले त्यसको आक्रोश पनि हालको चुनावमा जाहेर गरेका छन्।

डीएमकेको सफल गठबन्धन रणनीति

यो चुनाव एम.के. स्टालिनको लागि परिक्षा थियो। पिता करुणानिधी अनुपस्थितिमा हुन लागेको पहिलो चुनावमा स्टालिनले उत्कृष्ट नजिता हासिल गरेका छन्। उनले एउटा बलियो गठबन्धन बनाउन भूमिका मात्र खेलेनन्, गठबन्धनका प्रत्येक उम्मेद्वारको चुनावी प्रचारमा सहभागी हुन प्रदेशको एक कुनादेखि अर्को कुनासम्म पुगे।

गठबन्धन निर्माणको क्रममा काङ्ग्रेसलाई १० सिट दिँदा विरोध पनि उनले खेपेका थिए। तर हाल उनको रणनीति सही प्रमाणीत भएको छ।

गठबन्धनले उठाएको एक जनाबाहेक सबै उम्मेद्वार विजयी भएका छन्। पराजित इ.भी.के.एस. इलनगोभन पनि यस पटक पहिलो पटक राजनीतिक प्रतिस्पर्धामा सहभागी भएकाले राम्रो प्रदर्शन गर्न नसकेको ठानिएको छ।

यस पटक भारतभरि कम्युनिस्टले पाएको पाँचमध्ये चार सिट तमिलनाडुबाट छन्। प्रदेशमा उठाइएका कम्युनिस्टका चारै उम्मेद्वारले जित हासिल गरे। त्यस विजयमा गठबन्धन र मोदी विरोधी सेन्टिमेन्टले ठूलो भूमिका खेल्यो।

लोकसभा चुनावमा स्टालिनको सफल रणनीतिपछि उनका पार्टीका कार्यकर्ताले सन् २०२१ मा हुने विधान–सभा चुनावको लागि पनि उनीलाई आसको नजरले हेर्न थालेका छन्।

अहिले तमिलनाडुको विधानसभामा स्पष्ट बहुमतका साथ एआईएडीएमकेको सरकार छ।

एआईएडीएमकेको अगाडिको बाटो

अहिले नै एआईएडीएमकेको प्रदेश सरकारमाथि कुनै खतरा छैन। तर पार्टीले भाजपासँग गठबन्धन गर्दाको सजाय भने पाएको छ।

सन् २०१४ को लोकसभा चुनाव र सन् २०१६ को विधानसभा चुनावमा भाजपाले गरेको गठबन्धनको प्रस्ताव जयललिताले अस्वीकार गरेकी थिइन्।

जयललिताको यस्तो काम सही देखिएको छ। तर खराब परिणाम हुँदाहुँदै पनि एआर्ईएडीएमके आफ्नो गठबन्धन सहयात्रीसँग टाढिने सम्भावना पनि देखिँदैन।

उसले भारतभरि राम्रो प्रभाव पारेको सहयात्रीसँग नजिकको सम्बन्ध खोजेको देखिएको छ। यसको सङ्केत एआईएडिएमकेका नेताले भाजपाको जितमा दिएको उत्साहपूर्ण बधाईमा पाईन्छ।

भाजपा आफै पनि हार मान्ने पक्षमा देखिँदैन। भाजपाले आफूहरूविरुद्ध तमिलनाडुमा ‘ठूलो नकारात्मक अभियान’ चलाएइको आरोप लगाएको छ। भाजपा नेतृ थमिझिसाई सुन्दरराजनले चुनाव क्षेत्रले तिनको निर्णयको लागि ‘पछुताउने’ चेतावनी दिएकी छिन्।

उनले पार्टीले हारको समीक्षा हुने र आगामी दिनमा राज्यमा राम्रो प्रदर्शन गर्नका लागि उपयुक्त कदम उठाने बताएकी छिन्। तर त्यसको लागि भाजपाले अर्को चुनाव नै कुर्नुपर्छ।

‘द वायर’ पत्रिकामा प्रकाशित कविता मुरलिधरनको रिपोर्टमा आधारित।