तामाङ घेदुङ मकाउको दोस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा हेम लो तामाङ। - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

तामाङ घेदुङ मकाउको दोस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा हेम लो तामाङ।



मकाउ,चीन । विदेशी भूमिमा जातीय पहिचान र सामाजिक कार्यलाई आत्मसात् गर्दै स्थापना भएको तामाङ घेदुङ मकाउको अप्रिल २२ तारिखका दिन मकाउको ताईपा स्थित दि हिमालयन हाउसमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट तामाङ घेदुङ मकाउको अध्यक्षमा हेम लो तामाङ निर्विरोध चयन भएका छन् भने उपाध्यक्षमा राम लामा र कल बहादुर लोप्चन,महा सचिवमा शुक्र लामा ,सचिवमा वीरेन वाईबा, कोषाध्यक्षमा ओम तामाङ र सदस्यहरूमा शर्मिला तामाङ,दीपक तामाङ,बचन लामा,सुमन तामाङ र सन्तोष पाख्रिन सर्व सम्मत चयन भएका छन्।

नयाँ कार्य समितिलाई शुभकामना दिँदै घेदुङका संस्थापक अध्यक्ष दोर्जे लामाले घेदुङको स्थापना काल देखि हाल सम्म घेदुङको हक,हित र विकासको लागि आफूले मन,बचन र कर्मले लागि परेको र अझै निरन्तर लागि परी रहने बचन व्यक्त गरे साथै आगामी दिनहरूमा आवश्यक परेको खण्डमा सहयोगको लागि आफू सधैँ तयार रहने पनि जनाए।

त्यसै गरी जसरी अहिले सम्म घेदुङलाई सम्पूर्ण मकाउवासी तामाङ,गैर तामाङ सम्पूर्ण नेपालीहरूको साथ र सहयोग मिली रहेको छ त्यसरी नै आफ्नो कार्यकालमा पनि सोही साथ र सहयोगले निरन्तरता पाउने कुरामा नव निर्वाचित अध्यक्ष हेम लो आशावादी रहेका छन् ।बेलुका ५ बजे देखि ९ बजे सम्म भएको उक्त कार्यक्रममा सहभागीहरू पनि उल्लेख्य मात्रामा रहेको थियो भने कार्यक्रमको समापन पश्चात् सामूहिक जलपान र बधाई तथा शुभकामना व्यक्त कार्यक्रम पनि राखिएको थियो।