वाम तालमेलमा जालझेल बढी: एमालेभित्र आन्तरिक विवाद चर्कियो - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

वाम तालमेलमा जालझेल बढी: एमालेभित्र आन्तरिक विवाद चर्कियो



काठमाडौं –

नेकपा एमाले र माओवादी केन्द्रले आगामी निर्वाचनका लागि संयुक्त उम्मेदवारी विरुद्ध वामपन्थी गठबन्धनबाटै वागी उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले र माअ‍ोवादी केन्द्र भित्र उम्मेदवारी छनोटको विषयलाई लिएर बढी विवाद चुलिएको छ ।

पार्टी भित्रको विवाद वागी उम्मेदवारी दिनेसम्मको भएको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

एमाले अध्यक्ष केपी ओलीले आफू निकटका व्यक्तिलाई मात्र टिकट दिएको भन्दै एमालेभित्रै आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

ओलीको निर्णयप्रति वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले असन्तुष्टि जनाउँदै आएका छन् ।