तालमा डुबेर ७४ वर्षिय वृद्धको मृत्यु
विशाल पाण्डेय /सुखड,कैलाली ।
जिल्लाको घोडाघोडी नगरपालिका- १० पहलमानपुरमा रहेको न्यौपाने तालमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिकाका वडा नं ५ फाराम निवासी अन्दाजी ७४ वर्षिय हरि केसे लोहर रहेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिश शरण भट्टले हिमाल पोस्टलाई जानकारी दिए ।
भट्टका अनुसार , आज दिउँसो करिब ३:३० बजे डिभिजन बन कार्यालय पहलमानपुर नजिकै रहेको न्यौपाने तालमा डुबेर मृत्यु भएको हो । मृतक लोहरको शवलाई पोस्टमार्टमको लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको प्रहरीले जनाएको छ । सांकेतिक तस्वीर