तालिवानद्वारा अफगानिस्तानमा ३५ नेपाली बन्धक - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

तालिवानद्वारा अफगानिस्तानमा ३५ नेपाली बन्धक



काठमाडौं- तालिबान लडाकुहरूले ३५ जना नेपाली नागरिकहरूलाई बन्धक बनाएको समाचार प्राप्त बहेको छ । हालसम्म ३५ नेपाली नागरिकलाई तालिवानले बन्धक बनाएको खुलेको हो ।

अफगानिस्तानमा करिब १५ सय बढि नेपाली नागरिक रहेको सरकारको अनुमान छ । सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्दार गर्न ढिलाई गरेको भन्दै चौतर्फी आलोचना भैरहेको बेला नेपाली नागरिकलाई बन्धक बनाएको खुलेको हो ।

सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकको उद्धारका लागि काम गर्ने निर्णय लिएको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘आज बसेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तामा विकसित घटनाक्रमप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरूलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय भएको छ,’ कार्कीले भने ।

अफगानिस्तानमा रहेका नेपालीको सकुशल उद्धारका लागि सरकारका सम्बन्धित निकायहरूलाई समन्वय गर्न पनि निर्देशन दिइएको प्रवक्ता कार्कीले बताए ।