केन्द्रमा तालमेल, तल जालझेल - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

केन्द्रमा तालमेल, तल जालझेल



काठमाडौं ।

नेकपा एमाले सिन्धुलीको प्रतिनिधिसभा–१ मा टिकट पाउन जिल्ला अध्यक्ष प्रदीप कटुवाल र सांसद गणेश पहाडीबीच टकराव हुने देखिएको छ भने खड्काको तुलनामा केशव देवकोटाको सम्भावना देखिएको छ । माओवादी केन्द्रसँग ६०/४० को समिकरण अनुसार एमालेले एउटा प्रतिनिधिसभा र एउटा प्रदेशसभा माओवादीलाई छाड्ने देखिन्छ ।

माओवादी केन्द्रको तर्फबाट हरिबोल गजुरेल २ मा पक्कापक्की नै छ भने जिल्ला अध्यक्ष राजन दाहाल, विषमलाल अधिकारी, डम्बर कार्कीमध्ये २ जनाको प्रदेशमा पक्का गर्न माओवादी नेताहरु लागि परेका छन् ।

यता नयाँ शक्ति पार्टीका केन्द्रीय नेता गंगानारायण श्रेष्ठले आफ्नो गृहजिल्ला सिन्धुलीमा जनआधार नभएपनि एक प्रदेश दाबी गर्नसक्ने देखिएपछि एमाले–माओवादीमा खैलाबैला मच्चिएको छ । उता सिन्धुली कांग्रेसले प्रतिनिधिसभा १ को लागि सभापति उज्जलप्रसाद बराल र मोहन बरालको सिफारिस गरेको छ भने २ का लागि नरेन्द्रजंग थापाको नाम पठाएको छ । उनीहरु एकै परिवारका हुन्