सामुदायिक विद्यालयमा तालाबन्दी खुल्यो - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

सामुदायिक विद्यालयमा तालाबन्दी खुल्यो



ललित जाग्री/कैलाली

अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठन कैलाली क्षेत्र न ३ ले विगत केही दिन देखी कैलालीको घोडाघोडी नगरपालिकाको राजमार्ग क्षेत्रका ३ सामुदायिक विद्यालय सहित २३ विद्यालयहरूमा गरेको तालाबन्दी मध्ये ३ ओटा सामुदायिक विद्यालयमा लगाएको तालाबन्दी खुलेको छ ।

घोडाघोडी नगरपालिका १ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा, विद्यालय निरीक्षक उमेश राज रेग्मीको अध्यक्षतामा बैठक बसी स्रोत व्यक्ति राज किशोर लाल कर्ण संयोजक र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु र विद्यार्थी सङ्गठनका प्रतिनिधि सदस्य रहने गरी सामुदायिक विद्यालयको भौतिक र शैक्षिक अवस्थामा बुझेर सुधार गर्ने निर्णयमा सहमति भए पछि वडा न १ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय, वडा न २ मा साडेपानीमा रहेको दशरथ माध्यमिक विद्यालय र वडा न १० पहलमापुरमा रहेको कान्ति राज्य लक्ष्मी माध्यमिक विद्यालयमा लागेको तालाबन्दी खुलेको हो ।