कर्मचारीलाई दुखको खबर :यो वर्ष तलब नबढ्ने - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

कर्मचारीलाई दुखको खबर :यो वर्ष तलब नबढ्ने



काठमाडौं – अर्थमन्त्री डा. यूवराज खतिवडाले आगामी आर्थिक बर्ष निजामति कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् ।

तनाब  बढाउन माग राख्दै बुधबार अर्थ मन्त्रालय पुगेका निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका प्रतिनिधिलाई उनले आगामी आर्थिक बर्षको बजेटमा कर्मचारीको तलब नबढ्ने जवाफ दिएका हुन् ।

कर्मचारी युनियनले मुख्यसचिवको डेढ लाख र कार्यालय सहयोगीको ३० हजार रुपैयाँ तलब बनाउन माग गरेको छ ।

उक्त अवसरमा युनियनले आफ्नो १८ बुँदै माग राखेको थियो । आजको कारोबार दैनिकमा  खबर  छापिएको छ ।