कर्मचारीको तलब २५ प्रतिशत बढ्ने हल्ला के हो ? - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

कर्मचारीको तलब २५ प्रतिशत बढ्ने हल्ला के हो ?



मुख्यसचिव संयोजकत्वको समितिले सरकारी कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाउन सरकारलाई सिफारिस गरेको छ । अर्थसचिव र सामान्य प्रशासन सचिव सदस्य रहने समितिले हिजो (मङ्गलबार) अर्थमन्त्री डा. युवराज खतिवडालाई सिफारिस बुझाएको हो ।

समितिले निजामती कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाउन सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो ।

‘हिजो (मंगलबार) सिफारिस बुझाइसकिएको छ, कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाउनुपर्ने सिफारिस गरिएको छ,’ स्रोतले भन्यो ।

सरकारले कर्मचारीको तलब नबढाएको तीन वर्ष भएको छ । यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमार्फत कर्मचारीको तलब २५ प्रतिशत नै बढाइएको थियो । त्यसयता कर्मचारीको तलब बढेको छैन ।

चालू आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब वृद्धि नगरी १ हजार रुपैयाँ भत्ता थपेर भत्ता रकम २ हजार पुऱ्याइएको थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट तयार पारिसकेका छन् । बजेटमा वृद्धभत्ता ५ सय रुपैयाँले बढाउने व्यवस्था गरिएको अर्थ मन्त्रालय स्रोतको दाबी छ । वृद्धभत्ता ५ सय रुपैयाँ बढाउँदा त्यसको वृद्धिदर पनि २५ प्रतिशत नै हुन्छ । वृद्धभत्ता जति प्रतिशत वृद्धि हुन्छ, कर्मचारीको तलब पनि उति प्रतिशत नै बढाउनुपर्ने कर्मचारीहरुको माग थियो ।