भत्कियो ताजमहलको प्रवेशद्वार ! - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

भत्कियो ताजमहलको प्रवेशद्वार !



नयाँ दिल्ली।

भारतको आगरा शहरमा रहेको विश्व प्रसिद्ध स्मारक ताज महलको केही भाग भत्किएको छ। उत्तर भारतका कैयौं क्षेत्रमा वुधबार साँझ आएको हुरी र त्यसपछिको वर्षाले ऐतिहासिक धरोहरमा क्षति पुगेको हो।

भारतीय मिडियाले जनाए अनुसार ताजमहलको प्रवेशद्वार भत्किएको छ। युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सूचिकृत उक्त भवनको दक्षिणी द्वार र ‘रोयल गेट’को पिलर भत्किएको जनाइएको छ।

एक सय ३० किलोमिटर प्रतिघन्टाको गतिमा आएको तुफानी हावा र झरीका कारण प्रेमको प्रतीक मानिने ‘ताजमहल’को प्रवेशद्वारमा रहेका पुरातात्विक महत्वका सामग्रीहरू क्षतिग्रस्त भएका छन्।

मुगल सम्राट शाहजहाँले आफ्नी पत्नी मुमताज महलको सम्झनामा बनाउन लगाएको यस विश्वप्रसिद्ध भवनलाई विश्वका सात आश्चर्यमध्ये एक मानिन्छ।

घट्नामा कुनै मानवीय क्षति भने भएको छैन ।