ताजा परिणाम: ४ हजार मत गन्दा कसको कति ? - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

ताजा परिणाम: ४ हजार मत गन्दा कसको कति ?



नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको ३९७७ मतगणना गरिएको छ ।

सभापतिमा ३९७७ मतगणना हुँदा शेरबहादुर देउवाले १९००, शेखर कोइरालाले १४६७, प्रकाशमान सिंहले २९६, विमलेन्द्र निधिले २३०, कल्याण गुरुङले मत पाएका छन् ।

कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ । सभापति निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउन अनिवार्य हुने व्यवस्था कांग्रेस विधानले गरेको छ । जसअनुसार सभापति जित्न २३४० मत चाहिने छ ।

कांग्रेस नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।