ताजा मत परिणाम: देउवा र शेखरको मतान्तर करिब ५ सय - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

ताजा मत परिणाम: देउवा र शेखरको मतान्तर करिब ५ सय



काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु भएको सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् ।

४१७४ मतगणना गर्दा शेरबहादुर देउवाले १९९५ मत पाएका छन् । डा .शेखर कोइरालाले १५४२ मत ल्याएका छन् । बिमलेन्द्र निधिले २३० भोट ल्याउँदा प्रकाशमान सिंहले २८६ र कल्याण गुरुङले २० भोट ल्याएका छन् । राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।

राति १ बजे सुरु हुने भनिए पनि चार बजेपछिमात्रै मत गणना सुरु भएको हो । कांग्रेसको यो अधिवेशनमा ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४६७९ जनाले मत खसालेका छन् ।

पहिलो चरणमै सभापति निर्वाचित हुन उम्मेदवारले २३४० मत ल्याउनै पर्ने हुन्छ । यो भनेको ५० प्रतिशत भन्‍दा बढी मत हो । यदि ५० प्रतिशतभन्‍दा बढी मत कुनै पनि उम्मेदवारले नल्याएको खण्डमा दोस्रो चरणमा धेरै मत ल्याउने दुई जनाबीच प्रतिस्पर्धा हुनेछ ।