काबुल छिरे तालिवानी लडाकु - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

काबुल छिरे तालिवानी लडाकु



काठमाडौं- अफगानिस्तानको विद्रोही समूह तालिबान राजधानी सहर काबुलमा छिरेको छ । सबै सहर कब्जा गरेको तालिवालले कब्जामा लिन बाँकी अन्तिम प्रान्त काबुल प्रवेश गरेका हुन् ।

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार बाँकी सबै प्रान्त कब्जा गरिसकेको तालिबानी समूह चारै तर्फबाट काबुल छिर्नथालेका हुन्। पछिल्लोपटक तालिबान विद्रोहीले उत्तरी मुख्य सहर जलालावाद कब्जा गरेको थियो।

तालिबानले एकपछि अर्को गरी प्रान्तीय राजधानी कब्जा गर्नथालेपछि विदेशी कूटनीतिज्ञ र दूतावासका कर्मचारीलाई सम्बन्धित देशले उद्धार गरिरहेको छ।

अमेरिकाले काबुलस्थित एयरपोर्टमै दूतावास सारेको छ। कर्मचारी र अनुवादकलगायत अफगान सहयोगीलाई उद्धार गर्न अमेरिकाले ५ हजार सेना अफगानिस्तानमा परिचालन गर्ने जनाएको छ। तीमध्ये कतिपय अफगानिस्तान पुगिसकेका छन्।

दोहामा रहेका तालिबान नेताले काबुल छोड्न चाहनेलाई जाने अनुमति दिन आफ्ना लडाकुलाई आदेश दिएको बीबीसीले जनाएको छ।

उनले महिलाहरुलाई सुरक्षित स्थानमा जान आग्रह गरेको बताइएको छ।