सहकारीको खराब कर्जा अब अनलाइनमा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सहकारीको खराब कर्जा अब अनलाइनमा



काठमाडौं, २२ मंसिर

सहकारीको खराब कर्जा ब्यबस्थापनको लागि हालै साइन्टेल नामक सफ्टवेयर कम्पनिले यसको जोखिमलाई न्युनिकरण गर्न कर्जा सूचना प्रणाली (क्रेडिट इन्फर्मेसन सिस्टम) नामक अनलाइन सिस्टम निर्माण गरेको छ, खासगरी सहकारीसँग जोडीएका “ब्याड लोन” (खराब कर्जा) नियन्त्रण र ब्यबस्थापन गर्न यो सफ्टवेयरले भूमिका खेल्ने छ। र, सहकारीसँग ऋण लिएर संपर्कमा नआएका ब्यक्तीहरुको निगरानी गर्ने छ।

सदस्यको  कारोबार र बिश्वासनियताको आधारमा सहकारीले  ऋण लगानी गर्दछ । पछि त्यही ब्यक्ति अर्को सहकारीमा गएर ऋण माग गर्न पुग्दछ र एक पछि अर्को गर्दै धेरै सहकारीबाट ऋण  लिइसकेको हुन्छ र यसरी ऋण लिने क्रम  बढ्दै गइरहेको छ ।  नेपालमा अन्तर सहकारी साख सूचना प्रणलीको विकाश भएको छैन । सहकारीमा सदस्यले ऋण माग गर्दा सदस्यले पहिला कुनै अरु सहकारीबाट ऋण लिएको भए उस्को ऋणको अवस्था कस्तो छ भन्ने सूचनाको आदान प्रदान गर्ने माध्यम नहुदा सहकारीले पहिलो ऋणी हो भन्ने सोचका साथ ऋण लगानी गरेको हुन्छ उक्क्त सदस्यले यहि प्रकृया अपनाएर धेरै सहकारीबाट ऋण लिइसकेको हुन्छ । धेरै सहकारीबाट ऋण लिदा सदस्यमा ऋणको भार बढ्न गई ऋण तिर्न नसक्ने अवस्थामा पुगि सकेको हुन्छ भने, ऋण तिर्नु नै पर्ने बाध्यतामा एउटा सहकारीबाट ऋण लिने र अर्को सहकारीमा तिर्ने बानी बढ्दै गएको छ भने सहर बजारमा त ऋणीहरुनै बेपत्ता भएर ऋण उठ्न सकेका छैनन् ।

सहकारीको खराब कर्जाले गर्दा थुप्रै सहकारीहरुको जोखिम बडेकोले यो सिस्टम निर्माण गरेका छौँ हामीसँग कुरा गर्दै कम्पनीका सञ्चालक प्रमोद पोखरेल ले बताए

जानकारी:-
www.sahakaryainfo.com