स्याङजाको गल्याङमा चट्याङ पर्दा कुखुराहरू मरे - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

स्याङजाको गल्याङमा चट्याङ पर्दा कुखुराहरू मरे



स्याङजाको गल्याङ नगरपालिका ७ पटकाङमा चट््याङ पर्दा कुखुराहरू मरेका छन्् । स्थानीय यामलाल अधिकारीको कुखुराफर्ममा चट्याङ पर्दा ४ सय ५० बेच्ने तयारी भएका कुखुराहरू मरेका हुन्् ।

वडा प्रहरी कार्यालय प्रमुख चिनकपुर गुरुङका अनुसार कुखुरासँगै फर्ममा रहेका दाना, भुस, भिटामिनलगायतका कुुखुरा फर्मका सामानहरू तथा फर्म समेत जलेर  नष्ट भएका छन्् । गएराति ३ बजेको समयमा वर्षासँगै एक्कासि चट््याङ पर्दा अधिकारीको फर्ममा क्षति हुन पुगेको हो । प्रहरीका अनुसार फर्ममा साढे ४ लाखको क्षति भएको छ ।

यसअघि अधिकारीले २ लट हजार कुखुराहरू बेचिसक्नुभएको थियो । ४२ वर्षीय अधिकारीले आज भोलिमै ती साढे ४ सय कुखुराहरूलाई बेचेर नयाँ चल्लाहरु समेत अर्डर गरीसक्नुभएको उहाँले बताउनुभयो ।५ सन्तानका अधिकारीले अर्कैको जग्गा भाडामा लिएर कुखुराफर्म विगत ८ महिनादेखि मात्रै सञ्चालन गर्नुभएको हो ।

सुरुमै कुखुराको कुनै ईन्योरेन्स समेत नरेका अधिकारीको सबै नष्ट हुँदा चिन्तामा पर्नुभएको छ । उहाँले सञ्चालन गरेको फर्मले घरपरिवारमा सहजता भएको भएता पनि प्राकृतिक विपत्ति मार्थी कर्सैको केही लाग्दो रहेनछ पीडित अधिकारी भन्नु हुन्छ ।