स्याङ्जा जिल्लालाई जेठ मसान्तसम्म पूर्ण खोप जिल्ला घोषणा गरिने - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

स्याङ्जा जिल्लालाई जेठ मसान्तसम्म पूर्ण खोप जिल्ला घोषणा गरिने



गोपीकृष्ण रेग्मी

स्याङ्जाको जिल्ला समन्वय समितिको सभाहलमा पूर्ण खोप सुनिश्चितता  सम्बन्धी प्रदेश स्तरिय पूर्व तयारी बैठक सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति अध्यक्ष सीता सुन्दासको अध्यक्षतामा सम्पन्न बैठकमा रास्टिय खोप कार्यक्रम पूर्ण खोप सुनिश्चितता र दिगोपनाको लागि जिल्ला स्तरीय बैठकले बालबालिकालाई स्वास्थ्य राख्न ,आयु र उत्पाद्नशिलता बढाउन र गरिबी घटाउनको लागि देशले लगानी गरेको छ, यसलाई पूरा गर्नुको लागि बैठकको आयोजना गरिएको सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण मुरारी न्यापानेले बताए ।

प्रदेशलाई खोप सुनिश्चितता को लागि पहिले जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्नुपर्ने भएकोले अगाडी बढाएको प्रदेश खोप अधिकृत एकनारायण लम्सालले बताए ।स्वास्थ्य सेवा महाशाखा प्रमुख रमेश प्रसाद अधिकारी जनस्वास्थ्य शाखा प्रमुख प्रकाशराज शर्मा उपस्थित बैठकमा स्याङ्जामा धेरै वडामा पूर्ण खोप घोषणा भई सकेको र बाकी रहेको वडामा जेठ महिना भित्र घोषणा गर्ने गरी काम गर्ने तयारीका गरिएको हो ।

चापाकोट नगरपालिकामा साबिकका गाविस मल्याङ्कोट,सेखाम र साखरका ५ वडामा मात्र पूर्ण खोप घोषणा गर्न बाकी रहेको चापाकोट स्वास्थ्य शाखाका प्रमुख विन्दु कोइरालाले बताए ।बैठकमा नगर र गाउँ पालिकाका प्रमुख,प्रशासकिय तथा स्वास्थ्य शाखा प्रमुखले जानकारी गराएका थिए । स्याङ्जा जिल्लालाई जेठ मसान्तसम्म सबै नगरपालिका गाउँपालिकामा पूर्ण खोप नगर तथा गाउँ घोषणा गरिने भएको छ ।