स्याङ्गजामा १६ महिने नाबालकको निर्ममतापूर्वक हत्या - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

स्याङ्गजामा १६ महिने नाबालकको निर्ममतापूर्वक हत्या



वालिङ्ग- स्याङ्गजामा १६ महिनाको नाबालकको निर्ममतापूर्वक हत्या भएको छ ।

स्याङ्गजाको वालिङ्ग १० भकुण्डे ठाडोलाईनमा डेरा गरि बुबाआमा संगै बस्ने अन्दाजी १६ महिनाको नाबालकको घाँटी रेटेर निर्ममता पुर्वक हत्या गरिएको छ ।

स्याङ्जा सिर्सेकोट छापा स्थायी घर भैइ हाल भकुण्डेमा डेरा गरी बस्ने नाबालकलाई त्यही घरमा अर्को डेरामा बस्ने पर्वत ५ पैंयुका ३३ बर्षिय जितेन्द्र गुरुङले हत्या गरेको प्रहरीले बताएको छ ।

हत्या आरोपित गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटना कुन उदेश्यले किन घटाइएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ ।