स्वतन्त्र प्रेस विरोधी विधेयक आपत्तिजनक : अध्यक्ष शर्मा - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

स्वतन्त्र प्रेस विरोधी विधेयक आपत्तिजनक : अध्यक्ष शर्मा



काठमाडौँ । सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल सम्बन्धी विधेयकप्रति प्रगतिशील पत्रकार सङ्घ नेपालले गम्भीर आपत्ति जनाउ“दै विरोध गरेको छ । विधेयकप्रति असहमति जनाउ“दै नेपाल पत्रकार महासङ्घले घोषणा गरेको आन्दोलनप्रति प्रगतिशील पत्रकार सङ्घले दृढ समर्थन गर्दै ऐक्यबद्धता प्रकट गरेको छ ।

“सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल सम्बन्धी विधेयक गम्भीर रूपमा आपत्तिजनक रहेको छ ।” प्रगतिशील पत्रकार सङ्घ नेपालका अध्यक्ष नारायण शर्माले भन्नु भयो– “विधेयकमा मिडिया काउन्सिललाई सरकारको कठपुतली संस्थाको भूमिकामा उभ्याउन खोजिएको छ, जो हाम्रा लागि स्वीकार्य छैन । यो विधेयक पारित भएमा त्यो संविधानको मूल प्रस्तावनामा उल्लिखित “पूर्ण प्रेस स्वतन्त्रता” विरुद्धको कार्य हुनेछ । विधेयकको परिच्छेद–३ अन्तर्गत रहेको काउन्सिलको गठन अध्यक्ष तथा सदस्यको योग्यताको प्रावधान गम्भीर रूपमा आपत्तिजनक र हास्यास्पद खालको छ ।”

अध्यक्ष शर्माले विधेयकका विरुद्ध नेपाल पत्रकार महासङ्घले सञ्चालन गरेको आन्दोलनप्रति प्रगतिशील पत्रकार सङ्घ नेपालको दृढ समर्थन रहेको प्रस्ट पार्नु भयो । “संसद्मा दर्ता गरिएको मिडिया सम्बन्धी विधेयकका विरुद्धमा नेपाल पत्रकार महासङ्घले सञ्चालन गरिरहेको आन्दोलनप्रति हाम्रो दृढ समर्थनका साथ ऐक्यबद्धता छ” अध्यक्ष शर्माले भन्नु भयो– “महासङ्घले सञ्चालन गरिरहेको आन्दोलनका प्रायः कार्यक्रमहरूमा हामी प्रत्यक्ष सहभागिता जनाइरहेका छौ“ । त्यस बाहेक नेपाल क्रान्तिकारी पत्रकार महासङ्घ, जनपत्रकार सङ्घ, प्रेस सोसाइटी नेपाल र मधेसी पत्रकार समाजस“ग मिलेर हामीले संयुक्त सङ्घर्ष पनि अगाडि बढाइरहेका छौ“ । सरकारले उक्त विधेयक समयमै फिर्ता नलिएमा हामी अझ उच्च किसिमको आन्दोलन अघि बढाउन बाध्य हुनेछौ“ ।”