अरु हिरोइनले काम नपाउँदा स्वस्तिमालाई भ्याइनभ्याई ! - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

अरु हिरोइनले काम नपाउँदा स्वस्तिमालाई भ्याइनभ्याई !



कतिपय हिरोइन फिल्म नपाएर छट्पटाइरहका छन्। बल्लतल्ल खेलेको फिल्म फ्लप भएर उस्तै फसाद।

तर, स्वस्तिमा खड्काको हकमा भने ठ्याक्कै उल्टो। एकातिर फिल्मको ओइरो छ, अर्कातिर उनले खेलेका फिल्म हिट भइरहेका छन्। यो खबर आजको नेपाल साप्ताहिकले छापेको छ।

जय भोले प्रदर्शन हुनै बाँकी छ। टेम्पु चालकको भूमिकामा काम गरेको फिल्म बुलबुलको सुटिङ भ्याइसकिन्।

अब किरण केसीको दालभात तरकारीको तयारीमा जुटेकी छन्। यसलगत्तै हजार जुनीसम्म फिल्ममा व्यस्त हुने पक्का भएको छ, जसलाई निर्देशन गर्नेछन्, विकास आचार्यले।

स्वस्तिमा अभिनित नाइ नभन्नु ल ५ ले मनग्गे व्यापार गरेपछि विकासले उनलाई नै दोहो¥याएका हुन्।