१९ वर्षीया स्वस्तीका बनिन् कांग्रेसकी कान्छी सभापति - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

१९ वर्षीया स्वस्तीका बनिन् कांग्रेसकी कान्छी सभापति



काठमाडौं – दैलेखकी १९ वर्षीया स्वस्तीका महत कांग्रेसको जारी १४ औं वडा अधिवेशनबाट वडा सभापतिमा निर्वाचित भएकी छन्। दैलेखको दुल्लु नगरपालिका-३ कि स्वस्तीकाका बुवा पनि नेपाली कांग्रेस दैलेखका उपसभापति थिए। उनको दुई वर्षअघि मृत्यु भएको थियो।

पारिवारिक माहोल र त्यसमाथि पनि बुवा नै कांग्रेसको जिल्ला उपसभापति भएपछि उनको राजनीतिमा चासो तथा लगाव सानैदेखि थियो। ‘बुवाको राजनीतिबाट समाज परिवर्तन गर्ने लक्ष्य थियो, उहाँको सपना पूरा गर्नका लागि स्वास्थ्यकर्मीको बाटो छोडेर राजनीतिमा होमिएकी हुँ।’, जीतपछि उनले भनिन्।

उनले आफूलाई विश्वास गरेर वडा सभापतिमा विजयी गराउने सम्पूर्ण क्रियाशील सदस्यलाई धन्यवाद दिँदै पार्टीको हित र भलाइका लागि दिनरात लागिपर्ने बताइन्।