नेपाल स्वास्थ्य प्राविधिक सङ्घको नयाँ नेतृत्वमा लेखनाथ पौडेल - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

नेपाल स्वास्थ्य प्राविधिक सङ्घको नयाँ नेतृत्वमा लेखनाथ पौडेल



कमल विस्ट/कपिलवस्तु
स्वास्थ्यकर्मी प्राविधिकहरूको पेशागत छाता सङ्गठन , नेपाल स्वास्थ्य प्राविधिक सङ्घ कपिलवस्तुको अधिवेशन सम्पन्न भएको छ, शनिवार कपिलवस्तुको गोरुसिङ्गेमा सम्पन्न आठौँ अधिवेशनले लेखनाथ पौडेलको नेतृत्वमा नयाँ समिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा महिला तर्फ लक्ष्मी चापागाईँ,खुल्ला तर्फ नाथुराम थारु,सचिवमा प्रकाश पोख्रेल,सहसचिव कौशिल्या घिमिरे,कोषाध्यक्ष नारायण बन्जाडे,सदस्य प्रमोद पौडेल,तेज बहादुर सोमै लाई सर्वसम्मत रूपमा चयन गरेको छ भने केही सदस्य लाई पछि थप गर्ने गरी अधिवेशन सप्पन्न भएको हो ।

जिल्लाभरका २५२ जना स्वास्थ्यकर्मीहरूको उपस्थितिमा भएको अधिवेशनले नयाँ कार्यसमितिको चयन गरेको हो ।जिल्ला अधिवेशन आयोजक कमिटी अध्यक्ष विष्णु बहादुर क्षेत्रीको अध्यक्षता र केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम सुन्दर यादवको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा साङ्गठनिक प्रतिवेदन क्षेत्रीले र आर्थिक प्रतिवेदन जित बहादुर बिसीले प्रस्तुत गरेका थिए ।
चयन पछि प्रतिक्रिया दिँदै नव निर्वाचित पौडेलले स्वास्थ्यकर्मीहरूको हक अधिकारको लागी नेतृत्व गरी काम गर्ने प्रतिबद्धता जनाए ।