निजी अस्पतालबाट स्वास्थ्यबीमा सुविधा खारेज - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

निजी अस्पतालबाट स्वास्थ्यबीमा सुविधा खारेज



काठमाडौं- सरकाले निजी अस्पतालमार्फत् हुँदै आएको स्वास्थ्य बीमा सेवा प्रवाह गर्ने हालको व्यवस्थालाई खारेज गरेको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सहकारी र सामुदायिक अस्पतालमा मात्रै लाभग्राहीहरुले सेवा पाउने व्यवस्था गरिएको बताए।

सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट मार्फत स्वास्थ्य बीमा बोर्डका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ।

नेपाल समय
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने घोषणा गरेको छ। अब आगामी आर्थिक वर्षदेखि निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा सञ्चालन हुने छैनन्।