त्रिभुवन विमानस्थलमा अब स्वागत र बिदाइका लागि जान नपाइने - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

त्रिभुवन विमानस्थलमा अब स्वागत र बिदाइका लागि जान नपाइने



काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले स्वागत र बिदाइका लागि विमानस्थलमा नआउन अपील गरेको छ।

कोभिड-१९ को संक्रमण बढ्दै गएकाले भिडभाड नगर्न विमानस्थल कार्यालयले अनुरोध गरेको हो। यसअघि पटकपटक अनुरोध गर्दा पनि भीडभाड नरोकिएकाले फेरि अपील गर्नुपरेको विमानस्थल कार्यालयले जनाएको छ।

त्रिभुवन विमानस्थल कार्यालयले ‘अति जरुरी  बाहेक स्वागत तथा विदाई गर्नका लागि मात्र विमानस्थलमा नआई दिन’ अनुरोध गरेको हो। यसले हवाई यात्रुको आवागमनको चाप र विमानस्थलमा स्थान सिमितताका कारण भीडभाड बढ्ने जनाइएको छ।

यससँगै विमानस्थल कार्यालयले भ्रमण अनुमति दिन पनि बन्द गरेको जनाएको छ। विमानस्थल कार्यालयले भनेको छ, ‘कोभिड-१९ को जोखिम समेतलाई दृष्टिगत गरी विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामा बाहेक भी पास उपलब्ध नगराइने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।’