स्वदेश फर्किए लामिछाने,विमानस्थलमा भव्य स्वागत - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

स्वदेश फर्किए लामिछाने,विमानस्थलमा भव्य स्वागत



काठमाडौं। स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर स्वदेश फर्किएका छन् ।

सन्दीप आइतबार ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।

लामिछानेले आईपीएल आफ्नो लागि गएको वर्षभन्दा यो वर्ष उपलब्धीपूर्ण भएको बताए ।

दिल्ली क्यापिटल्सबाट गत वर्षदेखि आईपीएल खेल्दै आएका उनले यो सिजनमा जम्मा ६ खेलमा खेल्ले अवसर पाएका थिए ।

१६ खेल खेलेको दिल्ली क्यापिटल्सले सन्दीपलाई जम्मा ६ खेलमा मात्र मैदानमा उतारेको थियो । ६ खेल खेलेका उनले ८ विकेट लिएका थिए ।