मन्त्री सुबेदीको पहलमा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

मन्त्री सुबेदीको पहलमा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार



कैलाली । कैलालीको धनगढीबाट सुत्केरी महिलाको उद्धार गरी काठमाण्डौं पठाईएको छ । केदारस्यु गाउँपालिका-२ बझाङकि ३३ वर्षिया जानकी देवी रावलको उद्धार गरी केहीबेर अघि हेलिकोप्टर मार्फत काठमाण्डौं पठाईएको हो ।

बाजुराको जिल्ला अस्पतालमा बैसाख १२ गते शल्यक्रिया गरी शिशु जन्माएकी रावलकोे पेट दुख्ने समस्या भएपछि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको थियो । उनको सेती अस्पतालमा पनि उपचार सम्भव नभएपछि सिम्रीक एयरलाईन्सको हेलिकोप्टर मार्फत उद्धार गरी काठमाण्डौं पठाईएको सामाजिक विकास मन्त्रीका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिए ।

उनले सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीको पहलमा
सामाजिक विकास मन्त्रालयले प्रदेशमा एयर लिफ्टीङ कार्यक्रम अन्तरगत उद्धार गरिएको जानकारी दिए ।