सुत्केरीलाई तीन महिना ३ हजार भत्ता दिने राप्रपाको घोषणा - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

सुत्केरीलाई तीन महिना ३ हजार भत्ता दिने राप्रपाको घोषणा



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले न्यून आय भएका परिवारका सुत्केरीलाई तीन महिनासम्म मासिक ३ हजारका दरले भत्ता उपलब्ध गराउने प्रतिवद्धता गरेको छ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरिएको घोषणापत्रमा सो कुरा उल्लेख गरिएको छ। साथै, प्रत्येक किशोरीलाई क्यान्सर विरुद्धको खोप उपलबध गराउने पनि राप्रपाले जनाएको छ।

ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने योजना पनि राप्रपाले घोषणापत्रमा समेटेको छ। सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गरेका हुन्।