सुस्त मनस्थिति भएकी एक ४७ वर्षीय महिलामाथि बलात्कार,बलात्कारपछि हत्याको प्रयास - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

सुस्त मनस्थिति भएकी एक ४७ वर्षीय महिलामाथि बलात्कार,बलात्कारपछि हत्याको प्रयास



रामेछाप ।। रामेछापमा सुस्त मनस्थिति भएकी एक महिलामाथि बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन  ।

रामेछाप  जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८  कि ४७ वर्षीय सुस्त  मनस्थिति भएकी ठाँइली श्रेष्ठमाथि बलात्कार गरेकोे आरोपमा रामेछाप नगरपालिका वडा नम्बर ८ कै २२ वर्षीय मनोज तामाङ पक्राउ  परेका छन  ।

राम्रोसँग बोल्न नसक्ने र मानसिक सन्तुलन पनि ठिक नभएकी एकल  महिलामाथि  शनिबार राति करिब १० बजेतिर बलात्कार भएको प्रहरीले जनाएको छ । बलात्कृत महिलाको शरीरभरी चोटपटक र निलडाम भएकाले बलात्कारसँगै हत्याको प्रयास पनि भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

प्रहरीका अनुसार बलात्कार अभियोगमा पक्राउ परेका तामाङ लागु पदार्थ सेवन गर्ने र धेरै चोटि चौकीमा  रिपोट परिसकेको आरोपमा यस अघि  पनि बारम्बार पक्राउ परेका थिए  ।

पक्राउ परेका तामाङलाई देख्ने वित्तिकै पिडित महिला डराउने र रुने गरेपछि  स्थानियले सोधपुछ गरि प्रहरीलाई खबर गरेपछि यो घटना सार्वजनिक भएको हो ।

जिल्ला प्रहरी कार्यलय रामेछापका इन्सपेक्टर राजकुमार थापाका अनुसार घटनास्थलमा वीर्य सहितको  कण्डम फेला परेको  र घटनाबारे थप अनुसन्धान पछी दोसी तामाङ्ग १२ वर्षको लागि जिल्ला कारागार रामेछापमा जेल चलान गरिएको  बताउनुभएको छ ।
राजन महतारा क्षेत्री, हजुरको रेडियो रामेछापको सहयोगमा।