भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन



काठमाडौं । भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ । भारतीय जनता पार्टीकी नेतृसमेत रहेकी ६६ वर्षीया स्वराजको मंगलबार राति निधन भएको हो ।

उनको स्वास्थ्यमा एक्कासी समस्या मंगलबार राति भारतको समय अनुसार १०:१५ बजे एआइआएएमएस अस्पतालमा भर्ना गरिएको थियो । सन् २०१६ मा उनको मृगौला प्रत्यारोपण गरिएको थियो । स्वास्थ्य समस्याकै कारण सन् २०१९ को निर्वाचनमा उनी उमेदवार नभएको जनाइएको थियो।

उनको निधन भएपछि भारतका मन्त्री तथा भाजपाका नेताहरु नयाँ दिल्लीस्थित एआइआएएमएस अस्पताल पुगेका छन् ।