सूर्यविनायकमा एमाले अगाडि, कांग्रेस तेस्रो - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

सूर्यविनायकमा एमाले अगाडि, कांग्रेस तेस्रो



भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ।

३६५ मत गणनामा एमालेका बासुदेव थापाले १९८ मत पाएका छन्। यस्तै राप्रपाकी राधिका रानाभाटले ७० मत पाएकी छन्।

नेपाली कांग्रेसका निशान ढुंगेलले ६३ मत ल्याएर तेस्रो स्थानमा छन्।

उपप्रमुखमा पनि नेकपा एमालेले अग्रता लिएको छ। एमालेकी सरिता भट्टराई तिमल्सिनाले १९७ मत पाएकी छन् भने राप्रपाका प्रविन शर्मा ढुंगेल ७० मत ल्याएर पछ्याइरहेका छन्।