सुर्य थापाको प्रश्न- राष्ट्रपतिले जान्न भन्दाभन्दै प्रधानमन्त्रीले धकेलेर भारत किन पठाए ? - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

सुर्य थापाको प्रश्न- राष्ट्रपतिले जान्न भन्दाभन्दै प्रधानमन्त्रीले धकेलेर भारत किन पठाए ?



काठमाडौं- नेकपा एमालेका सांसद सुर्य थापाले राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा लागेको खर्चका विषयमा सरकारले संसद्लाई जानकारी दिनुपर्ने माग गरेका छन् ।

राष्ट्रपति कार्यालयले पौडेल विदेशमा उपचार गर्न जान इच्छुक नभएको भन्दै विज्ञप्ति जारी गरेको तर प्रधानमन्त्रीले जोडबल गरेर भारत पठाएकोबारे पनि उनले जवाफ मागेका छन् ।

राष्ट्रपति पौडेललाई एअर एम्बुलेन्समै पठाउनुपर्ने अवस्था रहे/नरेहकोबारे समेत जानकारी माग गरेका छन्। एअर एम्बुलेन्सबाट लगिँदा अढाइ करोड खर्च भएको कुरा सार्वजनिक भएको बताउँदै उनले प्रश्न गरे, ‘सामान्य पेट दुख्दा एअर एम्बुलेन्स खर्च गर्ने हैसियतमा छ देश?’

राष्ट्रपति कार्यालयले पौडेल विदेशमा उपचार गर्न जान इच्छुक नभएको भन्दै विज्ञप्ति जारी गरेको उल्लेख गर्दै यसबारमा जानकारी दिनुपर्ने उनले बताए। प्रधानमन्त्रीले जोड गरेर पठाउनुभएको भन्ने कुराका विषयमा सरकारले जवाफ दिनुपर्ने उनको भनाइ छ।