एमालेको सूर्य चिह्न खोस्ने निर्वाचन आयोगको तयारी - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

एमालेको सूर्य चिह्न खोस्ने निर्वाचन आयोगको तयारी



काठमाडौं- नेकपा एमालेका सूर्य चिन्ह नरहने अवस्था बनेको छ । उसले उक्त चिन्ह पुनरावलाकेन गर्नुपर्ने अवस्था बनेको हो । निर्वाचन आयोगले यसको संकेत गरिसकेको छ ।

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई चिन्ह हटाउन पत्र लेखिसकेको छ । २ माघमा लेखेको पत्रमा ‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्वीर वा चिन्ह दललाई प्रदान नगर्ने र वरिसकिएको भए सोको पुनरावलोकन गर्ने’ भन्ने निर्णयसहित उल्लेख गरेको छ । आयोगले यसबारे २०७७ माघ ७ गते निर्णय भएको भन्दै राप्रपालाई गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई विधानमा उल्लेख गर्न भनेको छ ।

आयोगको यो पत्रका आधारमा राप्रपा अदालत जाने भएको छ । यो मुद्दा अब अदालतमा जाने भएकाले आयोगको निर्णयको पक्षमा फैसला भएर आदेश भएमा राप्रपाको गाई चिन्ह मात्र नभई एमालेको सूर्य चिन्ह समेत बदर हुने भएको छ ।

अब चुनाव चिन्हको विषयमा अदालतमा अलमल हुने भएकाले पनि प्रतिनिधि सभा चुनाव धकेलिने सम्भावना रहेको बुझिएको छ । अदालतले यसबारे गर्ने निर्णयको ढिलोचाँडोले प्रतिनिधि सभा चुनाव मात्र नभई स्थानीय चुनाव र प्रदेश सभा चुनावको मिति समेत प्रभावित हुने सम्भावना छ ।

राप्रपाको चुनाव चिन्ह गाई राष्ट्रिय जनावर हो । एमालेको चुनाव चिन्ह सूर्य राष्ट्रिय झण्डामा अंकित छ । आयोगले गरेको निर्णय अनुसार अब एमालेको चुनाव चिन्ह समेत पुनरावलोकन गर्नुपर्ने हुन्छ । एमालेले सूर्यको साटो अर्को चुनाव चिन्ह रोज्नुपर्ने अवस्था बन्ने सम्भावना छ ।