एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरू - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरू



काठमाडौँ – नेकपा एमालेको १० औँ महाधिवेशन आयोजक कमिटिको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरु भएको हो।

एमालेले महाधिवेशन आयोजक समितिलाई रूपान्तरण गरि पूर्ववत् केन्द्रीय कमिटि बनाउने भएको छ र यो महाधिवेशन आयोजक कमिटिको अन्तिम बैठक हो ।

पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको मंगलबारको स्थायी कमिटिले बुधबार हुने आयोजक कमिटिको बैठकबाट त्यसलाई अनुमोदन गराउने निर्णय गरेको हो ।

सोही अनुसार बुधबारको बैठकले महाधिवेशन आयोजक कमिटिलाई नै केन्द्रीय कमिटि बनाउने तयारी रहेको छ। एमालेको केन्द्रीय समितिको बैठक आउँदो शुक्रबार बोलाउने तयारी छ।