सुर्तिजन्य पदार्थमा कति बढ्यो कर ? - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

सुर्तिजन्य पदार्थमा कति बढ्यो कर ?



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६–०७७ देखि सुर्तिजन्य पदार्थमा कर बढाएको छ । बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सुर्तिजन्य पदार्थमा कर बढाएको बताएका हुन् ।

तर उनले सुर्तिजन्य पदार्थमा कति प्रतिशतले कर बढेको जानकारी दिएनन् । चालु आर्थिक वर्षमा सरकारले चुरोटका उत्पादन र बिक्रिमा प्रति खिल्ली २५ पैसा स्वास्थ्य जोखिम कर लगाएको छ। विश्व स्वास्थ्य संगठनले सूर्तिजन्य पदार्थको कर ७० प्रतिशत भन्दा बढी हुनुपर्ने बताउँदै आएको छ। नेपालमा पनि संगठनले भने अनुसार नै कर बृद्धि गर्नुपर्ने माग लामो समयदेखि उठ्दै आएको छ।

पछिल्लो समय सुर्तिजन्य पदार्थको प्रयोगले मानिसमा नसर्ने रोगको जोखिम बढिरहेको स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् ।