सूर्खेतमा चल्यो तिब्र हावाहुरी - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

सूर्खेतमा चल्यो तिब्र हावाहुरी



काठमाडौं । सोमबार राती पश्चिमी नेपालको वातावरण सामान्य रहेन । राती ८ बजेपछि मध्य पश्चिम नेपालमा एका तिर हावाहुरीको समस्या देखियो भने अर्काे तिर भूकम्पको धक्का महसुर गरिएको छ ।

भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार राती १० पौने ९ बने पश्चिमी नेपालको दैलेख जिल्लामा ४.१ म्याग्नेच्युटको भूकम्प गएको छ । राती ८ बजेर ४७ मिनेट जाँदा भूकम्प गएको हो।

अहिले सुर्खेत, रोल्पा र चितवन आसपासको स्थानमा हावाहुरी सहित मेघगर्जन भईरहेको अवस्था छ र यो प्रणाली बिस्तारै पुर्व सर्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हावाहुरीका कारण आईतबार दक्षिणी नेपालको बारा र पर्सा जिल्लामा ३ दर्जन भन्दा बढीको ज्यान गएको छ ।